+
Search

ताजा अपडेट +

पपुलर +

तीन प्रमुखमा हेरफेर

डबली खबर
४१ मिनेट अगाडी

कात्तिक १८, नुवाकोट । सरकारले तीन कार्यालयका प्रमुखमा हेरफेर गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको सिफारिसमा निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्तलाई गरेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदीलाई नियुक्त गरेको छ ।

नेप्सेको सीईओका लागि चार जनाको नाम सिफारिस भएको थियो। प्रताप सुवेदी, नवराज सापकोटा, नारायण सापकोटा र अनिल राज पौडेल उम्मेदवार थिए। तीमध्ये सुवेदीलाई सरकारले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।

यसैगरी, नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ। अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसका आधारमा बैठकले थापालाई अध्यक्षमा नियुक्त गरेको हो।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले थापालाई पद तथा गोपनीयताको शपथ गराए।

शपथपछि अर्थमन्त्रीले नवनियुक्त अध्यक्ष थापालाई बीमा क्षेत्रको श्रेय वृद्धिमा निडर र निर्धक्क भएर काम गर्न विशेष निर्देशन दिए।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ