जेठ २४, विदुर । जिल्ला आर्थिक गणना कार्यालय नुवाकोटले ७६ प्रतिशत आर्थिक गणना सम्पन्न गरेको छ ।
वैशाखबाट सुरु भएको गणना जिल्लाका १२ स्थानीय तहमा तोकिएको समय अगावै सम्पन्न गर्नेगरी तिव्रताका साथ भइरहेको जिल्ला आर्थिक गणना अधिकारी अर्जुन पाण्डेले जानकारी दिए ।
असार ७ गतेसम्म सक्नुपर्ने गणना अन्तर्गत जिल्लामा कुल १२ हजार २३६ व्यवसायहरु वटा उद्योग प्रतिष्ठानको गणना हुने अनुमान गरिएकोमा हालसम्म ९ हजार ३४६ भन्दा बढी प्रतिष्ठानहरुको गणना सकिएको छ ।
जिल्लामा आर्थिक गणनाको लागि सुपरभाइजर ५ जना र ३५ जना गणक खटिएका छन् ।
गणनामा आर्थिक क्षेत्रका १८ वटा क्षेत्रको आधारभूत विवरण सङ्कलन गरिरहेको छ । जसमा दर्ता भए, नभएका ठूला साना, व्यापार/प्रतिष्ठान, रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगार प्रतिष्ठानको तथ्याङ्क सङ्कलन भइरहेको छ ।

प्रतिक्रिया