+
Search

ताजा अपडेट +

पपुलर +

विदुर नगरपालिकामा ५५३ जना किशोरीलाई एचपीभी खोप दिईने

HPV vaccination campaign in Bidur Municipality Nuwakot
डबली खबर
२ महिना अगाडी

२० माघ, नुवाकोट । विदुर नगरपालिकामा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि यहि माघ २७ गतेदेखि २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुने भएको छ ।

मङ्गलबार नगरपालिकामा बसेको पालिकास्तरीय अभिमुखीकरण कार्यक्रम बैठकमा विदुर नगरपालिका उपप्रमुख प्रभा बोगटीले पाठेघरको क्यान्सरबाट जोगाउन सरकारले गरेको लगानी लक्षित वर्गले बुझ्नुपर्ने र सम्बन्धित स्वास्थ्यकर्मीले बुझाउनुपर्ने बताईन् ।

सरकारले लिएको लक्ष्यअनुरुप यस खोपबाट पाठेघरको क्यान्सरबाट हुने मृत्युदरमा न्यूनीकरण हुने उनले बताईन् ।

नुवाकोटका दुई हजार २१२ बालिका तथा किशोरीहरूलाई एचपीभी खोप लगाइँदै

विद्यालयगत केन्द्रमार्फत् लगाईने खोप ४९ विद्यालय केन्द्र तोकिएको नगरपालिकाका स्वास्थ्य निरीक्षक रामराजा भण्डारीले जानकारी दिए । यस अभियानमा नगरपालिकाका पाँच सय ५२ जना बालिकाहरु लाभान्वित हुने उनले बताए ।

यसैगरी विदुर नगरपालिका-९ का विद्यालय बाहिर रहेका एक जना किशोरीलाई पनि उक्त खोप लगाईने जनाएको छ ।

किशोरावस्थामै खोप लगाउँदा भविष्यमा क्यान्सरको जोखिम उल्लेखनीय रूपमा घट्ने भएकाले यो खोप सार्वजनिक स्वास्थ्यको दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ