+
Search

ताजा अपडेट +

पपुलर +

लिखुको प्रशासकीय भवन निर्माणको शिलान्यास

डबली खबर
२२ घण्टा अगाडी

भदौ ३, नुवाकोट । लिखु गाउँपालिकाको प्रशासकीय भवन निर्माणको शिलान्यास भएको छ।

बुधबार पालिका अध्यक्ष ध्रुव श्रेष्ठले एक औपचारिकरूपमा शिलान्यास गरेका हुन् ।

चौघडास्थित गड्खारमा बन्ने भवनको अनुमानित लागतभन्दा २८ प्रतिशत कम अर्थात् रू. ७ करोड ९७ लाखमा ललितपुरको सूर्यकिरण निर्माण सेवाले ठेक्का पाएको अध्यक्ष श्रेष्ठले बताए ।

६ रोपनीभन्दा बढीमा निर्माण हुने भवन सम्झौताअनुसार १८ महिनाभित्र (अर्थात् वि.सं. २०८४ माघ मसान्तसम्म) निर्माण हुनेछ।

हाल लिखु-३ भलाद्मीडाँडामा रहेको अस्थायी तथा भाडाको संरचनाबाट पालिकाले सेवा दिइँदै आइएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ