+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटका दुई हजार २१२ बालिका तथा किशोरीहरूलाई एचपीभी खोप लगाइँदै

HPV vaccination campaign in Nuwakot
डबली खबर
२ महिना अगाडी

२० माघ, विदुर । सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप बालिका तथा किशोरीहरूलाई लगाउने भएको छ ।

यसैक्रममा लक्षित समुह कक्षा ६ मा अध्ययनरत नुवाकोट जिल्लाका दुई हजार २१२ जना किशोरी तथा विद्यालय नजाने १० वर्ष उमेर समुहका किशोरीहरुलाई एचपीभी खोप लगाईने जनस्वास्थ्य कार्यालय नुवाकोटका खोप अधिकृत अमृत महर्जनले जानकारी दिए ।

विदुर नगरपालिकामा ५५३ जना किशोरीलाई एचपीभी खोप दिईने

खोप अभियान यही महिनाको २७ गतेदेखि २९ गतेसम्म जिल्लाव्यापी अभियानका रूपमा एचपीभी खोप लगाइने उनले जानकारी दिए ।

अभियानमा विद्यालय जाने दुई हजार १९० जना र विद्यालय नजाने २२ जनाले उक्त खोप लगाउने छन् ।

उक्त खोप अभियानको लागि विद्यालय २१८ र अन्य २०८ गरी कुल ४३६ केन्द्र तोकिएको छ ।

नेपालमा यस वर्ष करिब तीन लाख ५० हजार बालबालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने छ ।

नेपालमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट चारजना महिलाको मृत्यु हुने गरेको छ ।

पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा भाइरस सङ्क्रमण रहेकोले त्यसको विरुद्ध खोप लगाउनुपर्ने हुन्छ ।

बागमतीकै उत्कृष्ट नुवाकोट, शतप्रतिशत एचपिभि खोप लगाईयो

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ