+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशूली अस्पताललाई विदुर नगरपालिकाको न्यानो झोला सहयोग

डबली खबर
५३ मिनेट अगाडी

भदौ ८, नुवाकोट। विदुर नगरपालिकाले नगरभित्रको स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ बनाउने र मातृ तथा नवजात शिशुको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले त्रिशूली अस्पताल नुवाकोटलाई सहायता प्रदान गरेको छ।

नियमित स्वास्थ्य सहयोग कार्यक्रमअन्तर्गत नगरपालिकाले चालु आर्थिक वर्षमा अस्पताललाई एक सय थान ‘न्यानो झोला’ उपलब्ध गराएको हो।

नगरपालिकामा आयोजित हस्तान्तरण कार्यक्रममा नगरप्रमुख राजन श्रेष्ठले अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिकी कार्यबाहक अध्यक्ष अञ्जली पाण्डे र अस्पताल निर्देशक डा. राजेन्द्र लामालाई संयुक्त रूपमा सो सामाग्री हस्तान्तरण गरेका हुन् ।

नगरपालिकाको यो निरन्तरको सहयोगले अस्पतालको सेवा प्रवाहमा थप राहत पुग्ने विश्वास व्यक्त गरिएको नगरप्रमुख श्रेष्ठले बताए ।

अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिकी कार्यबाहक अध्यक्ष अञ्जली पाण्डेका अनुसार हस्तान्तरण गरिएका न्यानो झोला त्रिशूली अस्पतालमा सुत्केरी हुने आमाहरूलाई निःशुल्क वितरण गरिनेछ।

नवजात शिशु र आमाको स्वास्थ्यलाई ध्यानमा राखी तयार पारिएको उक्त झोलामा शिशुका लागि दुई थान नरम फलाटिनको कपडा, दुई थान भोटो, एकातर्फ प्लास्टिक र अर्कोतर्फ फलाटिन भएको र्यापरसहितको दुई थान दौरा तथा सुत्केरी आमाका लागि आवश्यक गाउन समावेश गरिएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारीले जानकारी दिए।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ