११ कात्तिक, नुवाकोट । विदुर नगरपालिकाले आ.व. २०८२/०८३ को पहिलो त्रैमासिक अवधिमा कर संकलनमा उल्लेख्य प्रगति गरेको छ।
नगरपालिकाले विभिन्न शीर्षकमा गरी कुल ३७ लाख २४ हजार ८३८ रुपैयाँ राजस्व संकलन गरेको तथ्याङ्क सार्वजनिक गरेको छ। चालु आवमा नगरपालिकाले कुल १ करोड ७७ लाख ५ हजार ३०८ रुपैँया राजस्व संकलन गरेको छ।
अघिल्लो आ.व. २०८१/०८२ को अवधिको १ करोड ३९ लाख ८० हजार ४७० रुपैयाँ राजस्व संकलन गरेको थियो ।
नगरपालिकाले कर संकलनमा २६.६४ प्रतिशत वृद्धि देखाएको छ।
आम्दानीको स्रोतका रूपमा सम्पत्ति करबाट १ लाख १६ हजार ५१० रुपैयाँ, भूमिकर/मालपोतबाट ५४ हजार ५३७ रुपैयाँ र वहाल करबाट ४ लाख ३६ हजार ८१५ रुपैयाँ राजस्व संकलन गरेको छ ।
त्यसैगरी मनोरञ्जन कर, व्यावसायिक दर्ता शुल्क, सेवा शुल्क, र नविकरण शुल्कमा पनि वृद्धि देखिएको छ।
तथ्याङ्कअनुसार केही शीर्षकहरूमा गिरावट पनि देखिएको छ। शिक्षा, प्रशासनिक सेवा शुल्क, र व्यावसायिक दर्ता/व्यवसाय करमा आंशिक कमी आएको छ। विशेष गरी व्यवसाय दर्ता करमा करिब १३ प्रतिशतले कमी आएको तथ्याङ्कमा उल्लेख छ।
विदुर नगरपालिका आर्थिक वर्षको पहिलो त्रैमासिकमै राजस्व संकलनको लक्ष्य नजिक पुग्न सफल भएको जनाइएको छ।

प्रतिक्रिया