+
Search

ताजा अपडेट +

पपुलर +

कोर्थोकमा कृष्ण मन्दिर पुनर्निर्माण

shreekrishna temple
डबली खबर
६ महिना अगाडी

२२ असोज, नुवाकोट । पञ्चकन्या गाउँपालिका-२ कोर्थोकमा सोमबार कृष्ण मन्दिर र प्रतिक्षालय पुनर्निर्माणको उद्घाटन गरिएको छ ।

२०७२ को महाभुकम्पले क्षति पुगेको मन्दिरको एक कार्यक्रमका बीच नवनिर्मित मन्दिरको उद्घाटन बागमती प्रदेशका पूर्व बद्री मन्त्री मैनाली र स्थानीय वयोवृद्ध दुर्गालाल श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् ।

कार्यक्रममा पूर्वमन्त्री मैनालीले आमसर्वसाधारणको जीवनस्तरको परिवर्तन र गाउँटोलको विकास र सम्बृद्धिको लागि नेपालीको संस्कृति, पहिचान, मानिआएको धर्म र संस्कृति नेपालीको जीवनको आधार पनि भएकोले यसको संरक्षण र प्रबर्द्धनमा आफु क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा मन्दिर निर्माणमा सहयोग गर्ने सहयोगीदाताहरुलाई पुर्वमन्त्री मैनालीले प्रमाणपत्र वितरण गर्दै खादा लगाई सम्मान गरेका थिए ।

प्रतिक्षालयसहितको मन्दिरको कुल १४ लाख २५ हजार रुपैँया रहेको निर्माण समितिका अध्यक्ष होमबहादुर श्रेष्ठले जानकारी दिए ।

मन्दिर पुनर्निर्माणमा करिब एक सय जनाभन्दा बढी सहयोगीले सहयोग गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ