+
Search

ताजा अपडेट +

पपुलर +

सिद्धार्थ बैंकद्वारा १०.५३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा

Logo Siddhartha Bank Ltd
डबली खबर
६ महिना अगाडी

२२ असोज, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ ।

बैंकले हाल कायम चुक्ता पुँजीको १०.५३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमध्ये ५ प्रतिशत बोनस सेयर रहेको छ भने ५.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ ।

बैंकको असोज २१ गते बसेकोसञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लगानीकर्ताले पाउने छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ