+
Search

ताजा अपडेट +

पपुलर +

दशैं र तिहारमा वालेटमा ४० पटकसम्म जम्मा गर्न पाइने

cash into mobile wallet
डबली खबर
७ महिना अगाडी

१० असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैं र तिहारका लागि मोबाईल वालेटमा रकम जम्मा गर्न पाउने सीमा बढाएको छ ।

राष्ट्र बैंकले भुक्तानी प्रदायकहरुले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा अस्थायी रुपमा वृद्धि गरेको हो ।

राष्ट्र बैंकले दशैं तिहारको अवसरमा प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा ४० पटकसम्म रकम जम्मा गर्न पाइने व्यवस्था गरेको छ ।

यसअघि एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था थियो । यो व्यवस्था यही असोज १३ गतेदेखि असोज २१ गतेसम्म र कात्तिक ३ गतेदेखि १० गतेसम्मका लागि रहने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ