२३ असार, विदुर । नुवाकोटमा पहिलोपटक माध्यमिक तहमा कानुन विषयको अध्यापन हुने भएको छ । जिल्लाकै नमूना विद्यालय त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयले जिल्लामै पहिलोपटक कक्षा ११ मा कानुन विषय पढाउने भएको छ ।
विदुर नगरपालिका-१ त्रिशूलीमा रहेको विद्यालयले शैक्षिक सत्र २०८२ मा कक्षा ११ मा कानुन विषय पढाउने हुने भएको छ । अहिले हामीले कक्षा ११ मा कानुनको लागि भर्ना सुरु भइसकेको र साउनको पहिलो हप्ताबाट कानुन विषय कक्षा नै सञ्चालन गर्ने योजना रहेको विद्यालयका प्रधानाध्यापक महेन्द्र राउतले बताए ।
विद्यालयमा विज्ञान संकायमा अध्ययन गर्ने १० जना छात्राहरुका लागि निःशुल्क छात्राबासको सुविधासहित अध्ययन समेत निःशुल्क गर्न सकिने उनले बताए । छात्रहरुको लागि नि:शुल्क अध्ययनको सुविधा रहेको छ ।
साथै विद्यालयले होटल व्यवस्थापनको विषय पनि अध्यापन गराउने विद्यालयका सहप्रधानाध्यापक राजेन्द्र दवाडीले जानकारी दिए । एसइईमा ए प्लस ल्याउने विद्यार्थीले विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी संकायमा पूर्ण छात्रवृत्ति पाउने उनले बताए ।

प्रतिक्रिया