+
Search

ताजा अपडेट +

पपुलर +

लुम्बिनी विकास बैंक सम्मानित

lumbini development bank
डबली खबर
१ साल अगाडी

२२ चैत, नुवाकोट । लुम्बिनी विकास बैंक लिमिटेड विकास ‘डेभलपमेन्ट बैंक अफ द इयर अवार्ड’ बाट सम्मानित भएको छ।

कर्पोरेट मिडियाको बिहीबार काठमाडौंमा आयोजित १७औँ संस्करणको ‘कर्पोरेट बिजनेश अवार्ड’ समारोहमा बैंकलाई उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले उक्त अवार्ड ग्रहण गरेका हुन् ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा रहेको छ ।

बैंकले उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ