+
Search

ताजा अपडेट +

पपुलर +

समुदायस्तरमा पनि सुरक्षित इन्टरनेट तथा साइबर जोखिम न्यूनीकरण सचेतना

Safer Internet and cyber risk reduction awareness at the community level by Worldlink Communication Nuwakot
डबली खबर
१० घण्टा अगाडी

असार २४, नुवाकोट । वर्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालमा पहिलोपटक समुदायस्तरमा डिजिटल साक्षरता तथा सुरक्षित इन्टरनेट प्रयोगबारे देशभर विभिन्न सचेतना कार्यक्रम गरेको छ।

गत साउनदेखि जेठसम्म सञ्चालन गरिएका तालिम तथा अभिमुखीकरण कार्यक्रममार्फत काठमाडौं उपत्यकाका ३९२ जना प्रत्यक्ष लाभान्वित भएको कर्पोरेट सामाजिक उत्तरदायित्व निर्देशक अनुपा भण्डारी जालानले जानकारी दिईन् । यसले इन्टरनेट प्रयोगसँग सम्बन्धित जोखिम न्यूनिकरण र सुरक्षित अभ्यासबारे समुदायलाई व्यावहारिक ज्ञान प्रदान गरेको उनले बताईन् ।

चालु आर्थिक वर्षमा भक्तपुरको चाँगुनारायण नगरपालिकासँग सहकार्यमा १९ विद्यालयका करिब १ हजार ४९० विद्यार्थीहरूलाई तालिम दिइएको उनले जानकारी दिईन् । विद्यार्थी, शिक्षक तथा अभिभावकबाट प्राप्त सकारात्मक प्रतिक्रियाले कार्यक्रमलाई विद्यालयमा मात्र सीमित नराखी समुदायस्तरसम्म विस्तार गर्नुपर्ने आवश्यकता देखाएको छ।

चालु आवमा समुदायस्तरमा १२ वटा तालिम सत्र सञ्चालन गरिएका थिए। जसमा महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय समुदायका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रह्यो। सहभागीहरूले जिम्मेवार इन्टरनेट प्रयोग, साइबर बुलिङ, गोपनीयता संरक्षण, अनलाइन ठगी तथा गलत सूचनाबारे व्यावहारिक ज्ञान प्राप्त गरेका छन्।

वर्डलिंकको सामाजिक उत्तरदायित्वले डिजिटल समावेशीकरण, डिजिटल साक्षरता र सुरक्षित इन्टरनेट प्रयोगलाई प्राथमिकतामा राख्दै आगामी वर्षहरूमा पनि कार्यक्रमलाई थप समुदायमा विस्तार गर्ने योजना बनाएको छ। नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या तीव्र गतिमा बढिरहेको सन्दर्भमा, यो अभियान सुरक्षित अनलाइन संस्कृति निर्माणतर्फको एक सार्थक कदमका रूपमा हेरिएको छ।

 

 

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ