+
Search

ताजा अपडेट +

पपुलर +

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको निधन

motorcycle accidents caution dabali khabar picture
डबली खबर
१ घण्टा अगाडी

असार २३, नुवाकोट । विदुर नगरपालिका–४ स्थित बट्टार बजारमा सोमबार राति मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ।

विदुरबाट बट्टारतर्फ जाँदै गरेको बा ४७ प १६३४ नम्बरको मोटरसाइकलले सोही ठाउँ बस्ने ५५ वर्षीय प्रेमप्रसाद रिजाललाई ठक्कर दिएको र उपचारको क्रममा मृत्यु भएको प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक इकबाल हवारीले जानकारी दिए ।

दुर्घटनामा परी रिजालको टाउकोमा गम्भीर चोट लागेको थियो। राति अन्दाजी साढे ८ बजेतिर भएको उक्त दुर्घटनालगत्तै स्थानीय र प्रहरीको सक्रियतामा घाइते रिजाललाई तत्काल उपचारका लागि त्रिशूली अस्पताल पठाइएको थियो । उनको अवस्था चिन्ताजनकपछि काठमाडौं पठाएको प्रहरीले जानकारी दिए।

यसैगरी दुर्घटनामा संलग्न मोटरसाइकल र त्यसका चालक विदुर–१ बस्ने ३० वर्षीय राजकुमार मिजारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालक मिजारको दाहिने हत्केलामा सामान्य चोट लागेको छ।

घटनाको प्रकृति र दुर्घटनाको कारणबारे जिल्ला प्रहरी कार्यालय नुवाकोटले थप अनुसन्धान अघि बढाएको छ।

*सच्चाईएको

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ