असार २५, नुवाकोट । लुम्बिनी बिकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।
बैंकको बट्टार शाखाले बिदुर नगरपालिका वडा नं. ९ मा स्थित शुलक्षणा माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शाखा प्रबन्धक अजय आचार्यले वडा अध्यक्ष हरिराम भण्डारीको उपस्थितिमा विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री वितरण गरेका हुन् ।
कार्यक्रमका विद्यालयमा अध्ययनरत पूर्वप्राथमिक कक्षादेखि कक्षा १० सम्मका कुल १०१ जना विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री वितरण गरिएको थियो।
बैंकले शिक्षा क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यका साथ आयोजना गरेको यस कार्यक्रमले विद्यार्थीहरूमा शैक्षिक उत्साह अभिवृद्धि गर्न तथा सामाजिक उत्तरदायित्वप्रति बैंकको प्रतिबद्धतालाई थप सुदृढ बनाएको विश्वास व्यक्त गरिएको छ।
शाखा प्रबन्धक आचार्यले शिक्षा क्षेत्रको विकास र विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा बैंकले आगामी दिनहरूमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया