+
Search

ताजा अपडेट +

पपुलर +

‘नाडा अटो शो २०२५’का लागि रजिष्ट्रेशन खुल्ला

NADA Auto Show 2025 Logo
डबली खबर
१ साल अगाडी

२७ फागुन, काठमाडौं । नाडा अटोमोबाइल्स् एशोसिएशन अफ नेपालले ‘नाडा अटो शो’ आयोजना गर्ने भएको छ । संस्थाले अर्को वर्ष २०८२ भदौ ३ गतेदेखि ८ गतेसम्म १७ औं संस्करणको रुपमा कार्यक्रम गर्न लागेको हो ।

काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना हुने प्रदर्शनीको लागि आज फागुन २७ देखि चैत ४ गतेसम्म स्टल बुकिङका लागि रजिष्ट्रेशन खुल्ला गरिएको छ । प्रदर्शनीमा भाग लिने सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा स्टलका लागि अत्याधिक माग भएकाले विगतका संस्करणहरु जस्तै यस वर्ष पनि गोला प्रथाबाट नै स्टल उपलब्ध गराइने जनाइएको छ ।

प्रदर्शनीमा २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्शियल, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरु लगायत वित्तीय संस्था र इन्स्योरेन्सलाई समूह अनुसार छुट्टाइएको हुँदा सोही अनुरुप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।

नाडा अटो शो २०२५ को सन्दर्भमा भारत र चीन लगायतका अटोमोवाइल कम्पनीबाट समेत जानकारी माग भइरहेकोले गत वर्षको तुलनामा यस वर्ष केही छिटो रजिष्ट्रेशन खुल्ला गरिएको नाडाले जनाएको छ ।

नाडा अटो शो समितिका सहसंयोजक अनुपकुमार बरालले अर्थतन्त्रमा राजस्व सङ्कलन र रोजगारी सृजनाका लागि विशेष योगदान पु¥याउदै आइरहेको बताए । सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यवसायी, कर्मचारी एवं आमउपभोक्तालाई यस नाडा अटो शो २०२५ ले सकारात्मक उर्जा एवं नविनतम् प्रविधिको साक्षात्कार गराउने आयोजक नाडाले विश्वास लिएकोे उनले बताएका छन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ