+
Search

ताजा अपडेट +

पपुलर +

दुई दिने कार्यशाला गोष्ठी

hotel and resturant bagamati province meets
डबली खबर
१ साल अगाडी

१७ माघ, धुलिखेल । होटल तथा पर्यटन व्यवसायी सङ्घ नेपाल बागमती प्रदेशको आयोजनामा धुलिखेलमा दुई दिने सङ्घको रणनैतिक योजना तर्जुमा कार्यशाला गोष्ठी भएको छ ।

बुधबारदेखि सुरु भएको कार्यशाला गोष्ठीको प्रदेश सङ्घका अध्यक्ष दामोदर नेपाल र निवर्तमान अध्यक्ष सन्तोष उप्रेतिले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

कार्यशाला गोष्ठीले होटल तथा पर्यटन व्यवसायी सङ्घ नेपाल बागमती प्रदेशको आगामी दुई वर्षे कार्ययोजना तयारीका लागि बृहत छलफल गरी सैद्धान्तिक, व्यवहारिक एवं उद्देश्यपरक योजना तर्जुमा गरी दुई वर्षे परिणाममुखी रणनैतिक कार्ययोजनाको मस्यौदा तयार गर्नुका साथै नेतृत्व विकास सम्बन्धी तालिम समेत प्रदान गरिएको सङ्घका निवर्तमान अध्यक्ष सन्तोष उप्रेतीले बताए ।

काभ्रे होटल तथा रेष्टुरेण्ट व्यवसायी सङ्घको सहआयोजना भएको कार्यशाला गोष्ठीमा अन्तर्राष्ट्रिय परिवर्तनकारी नेतृत्व प्रशिक्षक राजु सरकारले सहजीकरण गरेका थिए ।

कार्यशालामा सङ्घमा आबद्ध १३ वटै जिल्लाका अध्यक्षहरुका साथै प्रदेश सङ्घका सम्पूर्ण पदाधिकारी, सदस्य एवं सल्लाहकारहरु र मातहतका अन्य सङ्घ संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ