+
Search

ताजा अपडेट +

पपुलर +

संगम जिल्लास्तरीय हाजिरीजवाफ हुदैं

डबली खबर
४ साल अगाडी

नुवाकोट – संगम साकोसले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा यहि पुष ९ गते संगम जिल्लास्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

संगम साकोसका अध्यक्ष नारायण श्रेष्ठका अनुसार सहकारीले विगत वर्षमा झैँ आफ्नो वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शैक्षिक, सांस्कृतिक, स्वास्थ्य लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेकोमा यस वर्ष जिल्लास्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

प्रतियोगितामा सहभागिताको लागि जिल्लाका विद्यालयहरुले पुष ५ गते भित्र दर्ता गरिनुपर्ने सहकारीका सचिव तथा हाजिरीजवाफ उपसमितिका संयोजक विष्णुकुमार चित्रकारले बताए ।

सहभागी विद्यालयले एक छात्रासहित तीन जनाको समुह बनाई दर्ता गर्नुपर्ने छ। प्रतियोगिता विदुर नगरपालिका-१ त्रिशुली स्थित त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयमा हुनेछ ।

प्रतियोगिताका विजेता र उपविजेतालाई यहि पुष १५ गते हुने सहकारीको साधारणसभामा नगद राशीसहित पुरस्कार प्रदान गरिने जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ