+
Search

ताजा अपडेट +

पपुलर +

महिन्द्राको फ्री सर्भिस क्याम्प भदौ १५ देखि १८ गतेसम्म, आकर्षक छुटसहित हेल्थ क्याम्प

mahindra kala motors free service camp in nuwakot
डबली खबर
४ साल अगाडी

विदुर – महिन्द्रा गाडीहरुको नुवाकोट र रसूवाको लागि अधिकारिक बिक्रेता रहेको कला मोटर्सले यहि भदौ १५ गतेदेखि १८ गतेसम्म फ्री सर्भिस क्याम्प आयोजना गर्ने भएको छ ।

फ्री सर्भिस क्याम्पमा निःशुल्क सर्भिसिङ्गको साथ–साथै स्पेयर पार्ट्स, लुब्रिकेन्ट तथा अन्य एसोसरिजहरुमा पनि विशेष छुटको व्यवस्था मिलाइएको कला मोटर्सका निर्देशक राजन श्रेष्ठले बताए ।

फ्री सर्भिस क्याम्प अवधिभर स्पेयर पार्टस खरिदमा १० प्रतिशत, लुब्रिकेन्टमा १२ प्रतिशत तथा एसोसरिजहरुको खरिदमा विशेष छुटको समेत व्यवस्था गरिएको उनले बताए। साथै, सर्भिस क्याम्पमा महिन्द्रा कम्पनीको लागि बालाजु अटोवर्कका दक्ष प्राविधिकहरुबाट महिन्द्रा कम्पनीको गाडीहरु नि:शुल्क चेकजाँच गर्न सकिने उनले बताए ।

साथै यस सर्भिस क्याम्पमा ग्राहकहरुलाई निःशुल्क स्वास्थ्य सेवा पनि प्रदान गर्ने भएको छ । जसमा आँखा, ब्लड प्रेसर, सुगर साधारण उपचारका सेवाहरु प्रदान गरिने कम्पनीले जनाएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ