३० वैशाख, नुवाकोट । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले विगत केही दिनदेखि अवरुद्ध रहेको राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा पुनः सुचारु भएको छ।
विभागले एक सूचना जारी गर्दै राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा आएको प्राविधिक गडबडी समाधान भएसँगै आजदेखि सेवा सुचारु गरिएको हो।
गत वैशाख २१ गतेदेखि प्रणालीमा केही प्राविधिक समस्या देखिएकाले मर्मत कार्य जारी रहेको थियो। सो अवधिमा नयाँ ‘इनरोल’ गर्दा प्राप्त हुने राष्ट्रिय परिचय नम्बरलाई प्रणालीले प्रमाणीकरण गर्न नसक्दा सेवा प्रभावित भएको थियो।
अब परिचयपत्रका लागि नयाँ आवेदन दिने र प्रमाणीकरण गर्ने सम्पूर्ण प्रक्रियाहरू देशभरका सम्बन्धित कार्यालयहरूबाट नियमित रूपमा सञ्चालन भएको छ ।
राष्ट्रिय परिचयपत्रको सेवा अनिश्चितकालका लागि अवरुद्ध

प्रतिक्रिया