+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रिय परिचयपत्रको सेवा अनिश्चितकालका लागि अवरुद्ध

डबली खबर
३ महिना अगाडी

२९ वैशाख, नुवाकोट । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा गत वैशाख २१ गतेदेखि प्राविधिक समस्या आएकाले देशभरको सेवा अवरुद्ध भएको छ।

विशेषगरी नयाँ दर्ता गर्ने क्रममा प्रणालीले राष्ट्रिय परिचय नम्बरलाई ‘भ्यालिडेट’ गर्न नसक्दा नयाँ कार्ड बनाउने प्रक्रिया पूर्ण रूपमा रोकिएको हो।

विभागले वैशाख २३ गते नै यसबारे प्रारम्भिक जानकारी गराएको भए पनि हालसम्म मर्मत कार्य सम्पन्न हुन सकेको छैन।

सिंहदरबार, नारायणहिटी परिसर र देशभरका सबै जिल्ला तथा इलाका प्रशासन कार्यालयहरूमा यो सेवा अहिले बन्द छ।

प्रणाली पूर्ण रूपमा सञ्चालनमा नआएसम्म धैर्य गर्न अनुरोध गर्दै विभागले सेवा सुचारु हुनासाथ अर्को सूचना जारी गर्ने बताएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ