१५ चैत, नुवाकोट । सरकारले नेपालभित्र सञ्चालनमा रहेका अनलाइन सट्टेबाजी एप ‘बेटिङ एप’ तथा वेबसाइटहरूलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले त्यस्ता एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाको अध्यक्षतामा आज आइतबार मन्त्रालयमा बसेको बैठकले उक्त कडा कदम चाल्ने निर्णय गरेको हो। बैठकमा मन्त्रालयका सचिव तथा विभिन्न महाशाखा प्रमुखहरूको उपस्थिति रहेको थियो।
नेपालमा पछिल्लो समय अनलाइन सट्टेबाजीमार्फत ठुलो रकम बाहिरिने र युवा पुस्ता कुलतमा फस्ने क्रम बढेको भन्दै सरकारले यो सक्रियता देखाएको हो।
प्रतिक्रिया