+
Search

ताजा अपडेट +

पपुलर +

‘ग्लोबल मनि विक’ मा प्रभातफेरी

डबली खबर
१ महिना अगाडी

६ चैत, नुवाकोट । विश्वव्यापी रूपमा मनाइने ‘ग्लोबल मनि विक’ को अवसर पारेर नुवाकोटमा प्रभातफेरी गरिएको छ ।

बैंक, वित्तीय संस्था एवम् बीमा कर्मचारी क्लब नुवाकोटको आयोजनामा उक्त कार्यक्रम गरिएको हो।

प्रभातफेरी बट्टारको हावाघरबाट सुरु भई विदुरसम्म पुगेको थियो र पुनः सोही मार्ग हुँदै हावाघरमै पुगेर समापन भएको क्लबका अध्यक्ष सुवर्णराज कँडेलले जानकारी दिए ।

सर्वसाधारणमा वित्तीय चेतना जगाउने र बचत गर्ने बानीको विकास गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष कँडेलले बताए ।

प्रभु बैंकको वित्तीय साक्षरता कार्यक्रम
ज्योति विकास बैंकद्वारा क्याम्पसलाई कम्प्युटर र प्रिन्टर सहयोग
ग्लोबल मनी विक: विद्यार्थी लक्षित सिडिएससीको ‘स्मार्ट मनी टक्स’

वित्तीय क्षेत्रका कर्मचारी र जनप्रतिनिधिहरूको संयुक्त पदयात्राले वित्तीय साक्षरताको महत्त्वलाई उजागर गरेको जनाएको छ।

कार्यक्रममा नुवाकोटस्थित विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुखहरू, कर्मचारीहरू र स्थानीय जनप्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ