+
Search

ताजा अपडेट +

पपुलर +

प्रिन्टरको निःशुल्क सर्भिस क्याम्प सुरु

Free printer service camp and exchange offer begins
डबली खबर
२ महिना अगाडी

४ चैत, विदुर । नुवाकोटमा कम्प्युटरको प्रिन्टर प्रयोगकर्तालाई लक्षित गर्दै युनिभर्सल कम्प्युटरको आयोजनामा प्रिन्टरको दुई दिने निःशुल्क सर्भिस क्याम्प तथा एक्सचेन्ज अफर सुरु भएको छ। विदुरको लोकतान्त्रिक चौतारामा आजदेखि सुरु भएको यो कार्यक्रम भोलि चैत ५ गतेसम्म सञ्चालन हुने जनाइएको छ।

अन्तर्राष्ट्रिय ब्राण्ड ‘ब्रदर’ कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता सागर ग्रुप र बालेयोको सहकार्यमा भएको शिविर अवधिभर प्रयोगकर्ताले आफ्ना प्रिन्टर तथा सम्बन्धित उपकरणको निःशुल्क जाँच, सफाइ तथा सामान्य मर्मत सेवा पाउने शिविर आयोजक युनिभर्सल कम्प्युटरका सञ्चालक नारायणकुमार घलेले बताए । साथै, आवश्यक पार्टपुर्जा र मर्मत सेवामा विशेष छुटको व्यवस्था गरिएको उनले जानकारी दिए ।

त्यस्तै, पुराना प्रिन्टर, फोटोकपी साटेर नयाँ ब्रदरका उत्पादनहरू लिन चाहने ग्राहकका लागि आकर्षक एक्सचेन्ज अफर पनि ल्याइएको छ। यस अफरमार्फत ग्राहकले सहुलियत मूल्यमा नयाँ प्रिन्टर र फोटोकपी खरिद गर्न सक्नेछन्। साथै ब्रदर ब्राण्डको अन्य उपकरणहरु खरिद तथा अवलोकन गर्न सकिने छ।

स्थानीयस्तरमै यस्तो सेवा उपलब्ध हुँदा सेवाग्राहीहरू लाभान्वित भएका छन् ।

आयोजकले समयमै उपकरणको मर्मत तथा सर्भिस गराउँदा कामको दक्षता बढ्ने र उपकरणको आयु पनि लामो हुने बताउँदै सबैलाई उक्त सुविधाको लाभ लिन आग्रह गरेको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ