sujim bazar advert

नुवाकोट क्षेत्र नं. १ मा समानुपातिकतर्फ रास्वपा पहिलो

डबली खबर     फाल्गुन २६, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

nuwakot election area map final
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

२६ फागुन, नुवाकोट । प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फ नुवाकोट निर्वाचन क्षेत्र नं. १ को अन्तिम मत परिणाम अनुसार नयाँ शक्ति र पुराना स्थापित दलहरूबीच रोचक प्रतिस्पर्धा देखिएको छ।

निर्वाचन अधिकृतको कार्यालय खरानीटारले सार्वजनिक गरेको विवरणअनुसार कुल एक लाख २३ हजार ९२९ मतदाता रहेको यस क्षेत्रमा समानुपातिकतर्फ ७१ हजार २४७ मत खसेको थियो । जसमध्ये ६८ हजार ४१७ मत सदर भएको छ। बदर भएको २ हजार ८३० मतले अझै पनि मतदाता शिक्षाको अभाव रहेको देखाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अप्रत्याशित नतिजा निकाल्दै २४ हजार ७६१ मतसहित पहिलो स्थान हासिल गरेको छ। घण्टी चुनाव चिह्न लिएर मैदानमा उत्रिएको उक्त पार्टीले प्राप्त गरेको मतले नुवाकोटमा वैकल्पिक राजनीतिको लहर बलियो रहेको देखाएको छ।

दोस्रो स्थानमा नेपाली कांग्रेसले १५ हजार ६०५ मत प्राप्त गरेको छ।

वामपन्थी शक्तिहरूतर्फ गठित नेकपाले तेस्रो स्थानसँगै १० हजार ६८१ मत प्राप्त गरेको छ। नेकपा (एमाले) तेस्रो स्थानमा खुम्चिएको छ। एमालेले ७ हजार ७६१ मत मात्र प्राप्त गरेको छ । यी दुई ठूला कम्युनिष्ट घटकहरूको मत जोड्दा पनि रास्वपाको एक्लो मतभन्दा कम देखिनुले वामपन्थी किल्ला मानिने क्षेत्रहरूमा समेत मतदाताहरूले विकल्प खोजेको देखिएको छ ।

निर्वाचन: नुवाकोट-२ मा रास्वपालाई समानुपातिकमा ४७.७४ प्रतिशत मत

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ हजार ७४१ मत प्राप्त गरी आफूलाई पाँचौँ शक्तिका रूपमा उभ्याएको छ।

राष्ट्रिय परिवर्तन पार्टीले ५ हजार ५०७ मत ल्याएको छ ।

अन्य साना दलहरू जस्तै नेकपा (माले), जनता समाजवादी पार्टी, र जनमत पार्टीको उपस्थिति निकै न्यून देखिएको छ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top