sujim bazar advert

निर्वाचन: नुवाकोट-२ मा रास्वपालाई समानुपातिकमा ४७.७४ प्रतिशत मत

डबली खबर     फाल्गुन २४, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

rashtriya swatantra party nuwakot
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

२४ फागुन, विदुर । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले नुवाकोट-२ मा पनि ४७.७४ प्रतिशत मत प्राप्त गरेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयको तथ्याङ्क अनुसार यस क्षेत्रमा कूल ७१ हजार २९ मत खसेकोमा ६८ हजार ४ सय ७४ मत सदर भएको छ भने २ हजार ५ सय ५५ मत बदर भएको छ।

समानुपातिकतर्फमा राष्ट्रिय स्वतन्त्र पार्टी ३२ हजार ६ सय ८६ मतका साथ पहिलो स्थानमा रहन सफल भएको छ।

निर्वाचनमा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १४ हजार ५ सय ७७ मत प्राप्त गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ७ हजार ८ सय ८५ मतसहित तेस्रो स्थानमा छ।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ५ हजार ९ सय ४३ मत र राष्ट्रिय परिवर्तन पार्टीले ३ हजार ८१ मत प्राप्त गरेका छन्।

अन्य दलहरूमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ५ सय ५९ मत ल्याउँदा श्रम संस्कृति पार्टीले ६ सय ९७, मंगोल नेशनल अर्गनाइजेसनले ५ सय ७७ र नेपाल जनता संरक्षण पार्टीले २ सय ८५ मत प्राप्त गरेका छन्।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top