+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा आचारसंहिता उल्लंघनसम्बन्धी कुनै लिखित उजुरी दर्ता छैन: प्रजिअ रेग्मी

Shambhu Prasad Regmi CDO of Nuwakot speak an interaction with journalist
डबली खबर
३ महिना अगाडी

फागुन १४, विदुर । जिल्ला निर्वाचन कार्यालय नुवाकोटले आज आयोजना गरेको मतदाता शिक्षा एवम् प्रचारप्रसारको लागि पत्रकारहरूसँग गरेको अन्तर्क्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले निर्वाचन आचारसंहिता विपरीतका गतिविधिसम्बन्धी कुनै पनि आधिकारिक उजुरी प्राप्त नभएको जानकारी दिएको छ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रेग्मीले नुवाकोटमा हालसम्म निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी कुनै औपचारिक उजुरी दर्ता नभएको स्पष्ट पारेका हुन् ।

उनले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न गराउन जिल्ला प्रशासन पूर्ण प्रतिबद्ध रहेको बताए। उनले जिल्लाभरि सुरक्षा व्यवस्थाको सम्पूर्ण तयारी पूरा भइसकेको बताए ।

मतदान केन्द्रहरूमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको, संवेदनशील तथा अतिसंवेदनशील क्षेत्रको पहिचान गरी नियमित गस्ती तथा निगरानी व्यवस्था सुदृढ बनाइएको उनको भनाइ थियो।

निर्वाचनलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन प्रशासन, नेपाल प्रहरी तथा अन्य सम्बन्धित निकायहरूबीच प्रभावकारी समन्वय भइरहेको पनि कार्यक्रममा जानकारी गराए।

पत्रकारहरूको जिज्ञासाको जवाफ दिँदै प्रमुख जिल्ला अधिकारी रेग्मीले मतदातालाई निर्धक्क भएर मतदानमा सहभागी हुन आग्रह गरे। साथै, निर्वाचन प्रक्रियासँग सम्बन्धित कुनै गुनासो, सूचना वा घटना भए तत्काल सम्बन्धित निकायमा लिखित रूपमै जानकारी गराउन अनुरोध गरे।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ