+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोट २ का उम्मेदवार पाण्डेको घरदैलो

डबली खबर
२ महिना अगाडी

४ फागुन, विदुर । आजदेखि सुरु भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसारले नुवाकोटको माहोल पनि तातेको छ ।

नेकपा (एमाले) का उम्मेदवार केशवराज पाण्डेले विदुर नगरपालिकामा सोमबार बिहानैदेखि चुनाव केन्द्रित घरदैलो सुरु गरेका छन् ।

निर्वाचन प्रचारप्रसार सुरु

पाण्डे बट्टार, विदुर, ढुंगे, त्रिशूली, कोलेनी लगायतका स्थानहरुमा निर्वाचन केन्द्रित कार्यक्रममा व्यस्त हुने निर्वाचन परिचालन समिति अन्तर्गतको प्रचार–प्रसार समितिले जनाएको छ ।

आज सातभन्दा बढी स्थानहरूमा पाण्डेको भेटघाट तथा मतदाताको गुनासो सुन्ने स्थलहरू तय गरेर सोही अनुसार निर्वाचन प्रचारप्रसार सुरु गरिएको जनाएको छ । यसैगरी पाण्डे १२ गतेसम्म विदुर नगरपालिका केन्द्रित प्रचारप्रसारमा लाग्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ