४ फागुन, नुवाकोट । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचारप्रसार गर्न पाइने भएको छ ।
राजनीतिक दल तथा उम्मेदवारहरूले औपचारिक रूपमा निर्वाचन प्रचारप्रसार सुरु गर्न पाउने भएको हो । तथापी यसअघि देखि नै निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै उम्मेदवारहरु प्रचारप्रसार होमिएका थिए ।
यस अवधिमा उम्मेदवारहरूले आमसभा, जुलुस, कोणसभा तथा सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत आफ्ना चुनावी एजेन्डाहरू मतदातामाझ लैजान सक्नेछन्।
प्रचारप्रसारको कार्य निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको परिधिभित्र रहेर गर्नुपर्ने हुन्छ । जसमा उम्मेदवारले गर्ने खर्चको सीमा र प्रचार सामग्रीको प्रयोग सम्बन्धी निश्चित नियमहरू तोकिएका हुन्छन्।
मतदान हुनुभन्दा ४८ घण्टा अगाडि अर्थात् फागुन १९ गते राती १२ बजेदेखि ‘मौन अवधि’ सुरु हुने भएकाले उम्मेदवारहरूले त्यसअघि नै आफ्ना सम्पूर्ण प्रचार गतिविधिहरू सम्पन्न गरिसक्नुपर्ने कानुनी प्रावधान रहेको छ ।
प्रतिक्रिया