१० माघ, विदुर । जारी नवौं नुवाकोट महोत्सवको सुजिम बजारको स्टलमा गएर खेल खेलेर जितेमा छुट भौचर प्राप्त गर्न सकिने भएको छ।
नुवाकोट उद्योग वाणिज्य सङ्घद्वारा आयोजित यस महोत्सवमा राखिएको उक्त स्टलमा सञ्चालित विभिन्न मनोरञ्जानात्मक खेलमा सहभागी भएर छुट भौचर प्राप्त गर्न सकिने प्रबन्धक निर्देशक सुजिम श्रेष्ठले जानकारी दिए ।
यसले युवा तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई महोत्सवसँग जोड्ने र डिजिटल माध्यमबाट पनि महोत्सवको पहुँच बढाउने लक्ष्य राख्नुको साथै अवलोकनकर्तालाई थप रमाइलो र फाइदा हुने अपेक्षा गरिएको उनले बताए ।
अवलोकनकर्ताले सुजिम बजारको आधिकारिक फेसबुक, इन्स्टाग्राम र टिकटक पेजलाई फलो गरेमा प्रवेश शुल्क निःशुल्क हुने विशेष व्यवस्था मिलाइएको छ।
महोत्सव माघ १७ गतेसम्म सञ्चालन हुनेछ। स्थानीय उत्पादन, कला–संस्कृति, रैथाने खाना तथा पर्यटन प्रवर्द्धनका लागि यो अवसरलाई उपयोग गर्न आयोजकले सबैलाई अनुरोध गरेका छन्।




















प्रतिक्रिया