+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोट महोत्सव सुरु, विदुरमा ११ दिनसम्म हुने

FNCCI chairman Chandra Prasad Dhakal in Nuwakot Mahotsav 2082
डबली खबर
३ महिना अगाडी

७ माघ, विदुर । नुवाकोट उद्योग वाणिज्य सङ्घको आयोजनामा नवौं नुवाकोट महोत्सव आजदेखि औपचारिक रूपमा सुरु भएको छ ।

महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका हुन् ।

सङ्घले महोत्सवको अवसरमा नुवाकोट जिल्लाको सांस्कृतिक तथा पर्यटन क्षेत्रको प्रवर्द्धनको निमित्त प्रकाशनमा ल्याएको प्रचारप्रसार सामग्री महासंघका अध्यक्ष ढकालले विमोचन गरे ।

माघ ७ देखि १७ गतेसम्म (११ दिन) विदुरमा सञ्चालन हुने यस महोत्सवमा व्यावसायिक तथा प्रदर्शनी स्टल रहेको आयोजक संस्थाका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए । यसवर्ष महोत्सवमा कृषि तथा घरेलु उत्पादनदेखि अन्तर्राष्टिय ब्राण्डका अटोमोबाइलहरू समेत प्रदर्शनीमा राखिएको उनले बताए । 

महोत्सवमा राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारहरूको प्रस्तुति, मनोरञ्जनात्मक कार्यक्रम र सांस्कृतिक झाँकीहरु आकर्षणमा रहेका छन् ।

महोत्सवले जिल्लाका १२ वटै स्थानीय तहमा उत्पादित स्थानीय वस्तु, कृषि उपज, हस्तकला, रैथाने खाना तथा सांस्कृतिक वेषभूषाको प्रदर्शन, प्रवर्द्धन र बजारीकरणमा विशेष जोड दिईने जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ