sujim bazar advert

गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा. जगत नेपाललाई

डबली खबर     माघ ३, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

govinda biyogi reward
Big Education Consultancy Nuwakot
global ime bank flash loan

३ माघ, नुवाकोट । सम्पादक समाज नेपालले आफ्ना संस्थापक अध्यक्ष गोविन्द वियोगीको स्मरणमा स्थापित ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार–२०८२’ र ‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार २०८२’ प्रदान गरिएको छ ।

वियोगीको २०औँ स्मृति दिवसका अवसरमा आज शिवपुरी गाउँपालिका– ७ सुइरेचौरमा आयोजित एक समारोहमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवबाट उक्त पुरस्कार तथा सम्मान प्रदान गरिएको संस्थाका अध्यक्ष पुरु रिसालले जानकारी दिए ।

कार्यक्रममा ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार–२०८२’ रत्न राज्यलक्ष्मी क्याम्पस, पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख डा. जगत नेपाललाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि २५ हजार एक र सम्मानपत्र रहेको छ ।

यसैगरी, ‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार’ गोरखापत्र दैनिककी पत्रकार चाँदनी हमाल तथा ‘शुक्रवाः या तँसापौ’ साप्ताहिकका स्तम्भकार राजेन्द्र मानन्धरलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि जनही १५ हजार एक र सम्मानपत्र रहेको छ ।

पूर्वराष्ट्रपति यावदले लोकतन्त्रलाई बलियो बनाउन पत्रकारिता क्षेत्रको भूमिका अझै बढेर गएको बताए। उनले वियोगीले लोकतन्त्र स्थापनामा पत्रकारितामार्फत खेलेको भूमिका उल्लेखनीय रहेको स्मरण गरे।

शिवपुरी गाउँपालिका अध्यक्ष गोविन्द थपलियाले सम्पादक समाज नेपालसँग जोडिएपछि शिवपुरी क्षेत्रमा पर्यटकहरूको आवागमन बढेको भन्दै खुसी व्यक्त गरे। उनले विगतमा २५-३० हजार पर्यटक आउने गरेकामा सम्पादक समाजसँगको सहकार्यपछि पत्रकारले लेखेका समाचारकै कारण प्रचारप्रसाद हुँदा हाल वर्षमा एक लाखभन्दा बढी पर्यटक भित्रिने गरेको बताए।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top