sujim bazar advert

एकद्वार संकट व्यवस्थापन केन्द्रमा ३४ बिरामी, १७ शारीरिक हिंसा

डबली खबर     मंसिर २४, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

trishuli hospital OCMC data 2082
Big Education Consultancy Nuwakot
global ime bank flash loan

२४ मङ्सिर, नुवाकोट । त्रिशूली अस्पतालको तथ्यांकअनुसार चालुआर्थिक वर्ष २०८२/०८३ को साउन महिनादेखि कार्तिकसम्मका हिंसासम्बन्धी ३४ जना बिरामीले उपचार सेवा लिएका छन् ।

अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रको अभिलेखअनुसार चौमासिक अवधिमा कुल ३४ वटा हिंसाबाट प्रभावित व्यक्तिहरुले परामर्श तथा उपचार सेवाका लिएको अस्पतालका वरिष्ठ नर्सिङ्ग अधिकृत देवकी पुडासैनीले जानकारी दिईन् ।

तथ्यांकअनुसार अस्पतालमा बलात्कारका ६ ओटा, यौन दुर्व्यवहारका ४ ओटा, शारीरिक यातनाका १७ ओटा, स्रोत/साधनबाट वञ्चित गराउने प्रकारका ६ ओटा र मानसिक दुर्व्यवहारका १ ओटा घटनाका बिरामीहरुले उपचार तथा परामर्श सेवा लिएका छन्।

सबैभन्दा धेरै शारीरिक हिंसाबाट पिडित बिरामीहरुले उपचार तथा परामर्श सेवा लिएका छन् । यसैगरी मानसिक हिंसा र यौन दुर्व्यवहारबाट पिडित बिरामीले उपचार गर्न आएको जनाएको छ।

हिंसाबाट प्रभावित व्यक्तिहरूलाई स्वास्थ्य उपचारसँगै मनोसामाजिक परामर्श, आवश्यक परे कानुनी प्रक्रिया र संरक्षणका सेवासमेत अस्पतालमार्फत् उपलब्ध गराइँदै आईरहेको उनीले जानकारी दिईन् ।

अस्पतालले हिंसा पीडितलाई सुरक्षित वातावरणमा उपचार तथा सहजीकरण सेवा प्रदान गर्ने उद्देश्यले एकद्वार सङ्कट प्रणालीमार्फत घटना व्यवस्थापन गर्दै आईरहेको अस्पतालले जनाएको छ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top