+
Search

ताजा अपडेट +

पपुलर +

दुप्चेश्वर मेलामा बृहत् निःशुल्क स्वास्थ्य शिविर

dupcheshwor dupcheshwar mahadev nuwakot dabalikhabar tws
डबली खबर
५ महिना अगाडी

१५ मङ्सिर, नुवाकोट । दुप्चेश्वर मेलाको अवसरमा नेपाली सेनाको नुवाकोटस्थित शेर गणले बृहत् निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ ।

दुप्चेश्वर महादेव मन्दिरमा लाग्ने मेलामा आउने भक्तजनहरुको स्वास्थ्यलाई ध्यानमा दिएर सेनाले भोलि १६ गते र १७ गते दुई दिने स्वास्थ्य शिविर संचालन गर्न लागिएको शेर गणका प्रमुख अशोककुमार मल्लले जानकारी दिए ।

शिविरमा सामान्य स्वास्थ्य परीक्षण, रक्तचाप परीक्षण, मधुमेह परीक्षण, मानसिक स्वास्थ्य परामर्श र निःशुल्क औषधि वितरण लगायतका अत्यावश्यक सेवाहरू प्रदान गरिने जनाएको छ ।

शिविरमा सैन्य तालिम केन्द्र, जिल्ला जनस्वास्थ्य, त्रिशूली अस्पताल, सापकोटा मेडिकल, सम्मान मेडिकललगायतको सहकार्य रहेको छ ।

शिविरमा विशेषज्ञ डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीहरूले सेवा प्रदान गर्नेछ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ