+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल सम्वत् प्रारम्भमा र्‍याली

new year 1146 celebration in Nuwakot
डबली खबर
७ महिना अगाडी

५ कार्तिक, विदुर । नेपाल सम्वत् ११४६ को आरम्भ देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ ।

राष्ट्रिय विभूति शंखधर सा:ख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुवात् गराएका थिए।

यसैक्रममा बट्टार बजारदेखि सदरमुकाम विदुर ढुंगे, त्रिशूलीहुदैँ कोलेनीको पिपलटारसम्म मोटरसाईकल र्‍याली गरिएको थियो ।

नेपाल सम्वतका अवसरमा बुधबार नुवाकोटका विभिन्न स्थानमा प्रभातफेरीका साथै शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक शैलेन्द्र श्रेष्ठले जानकारी दिए ।

यस्तै, नेपाल सम्वत् ११४६ कै अवसरमा भैरवी मन्दिर र नुवाकोट दरबार क्षेत्रमा बाजागाजासहित परिक्रमा गरिएको थियो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ