२९ असोज, विदुर । गृह मन्त्रालयको वार्षिक कार्य सम्पादन मुल्यांकन प्रणालीमा नुवाकोट जिल्ला तेस्रो भएको छ ।
मन्त्रालयले आर्थिक वर्ष २०८१/०८२ मा नुवाकोटसहितको ७७ वटै जिल्लाको कार्य सम्पादन मुल्यांकन सार्वजनिक गरेको हो ।
मन्त्रालयले कार्य सम्पादन सम्झौताअनुसार करिब ८० वटा सूचकहरुको मुल्यांकन प्रणालीमा कुल एकसय अङ्कमा नुवाकोट जिल्लाले ९५. ३६ अङ्क प्राप्त गरेको छ ।
यसैगरी पर्वत जिल्लाले ९५.७१ अङ्क पहिलो र भक्तपुर ९५.४६ अङ्क प्राप्त गरी दोस्रो भएको मन्त्रालयले जारी गरेर विवरणमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया