+
Search

ताजा अपडेट +

पपुलर +

भाइटीकाको साइत बिहान ११:३९ बजे

bhai tika tihar
डबली खबर
६ महिना अगाडी

२८ असोज, नुवाकोट । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत कात्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेटमा रहेको जनाएको छ।

समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योगको समय शुभ मानिएको छ।

यस वर्ष तिहार कात्तिक १ गतेदेखि सुरु भई कात्तिक ६ गतेसम्म मनाइनेछ।

यमदीप दान, काग तिहार, कुकुर तिहार, लक्ष्मीपूजा, गाई–गोरु पूजा, आत्म (म्ह) पूजा र भाइटी (किजा पुजा)का क्रमशः पर्वका दिनहरू परेको छ।

नेपाल संवत् ११४६ पनि यहि कात्तिक ५ गते बुधबारदेखि सुरु हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ