+
Search

ताजा अपडेट +

पपुलर +

विदुर नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको घोषणा

Bidur Municipality announces implementation of compulsory and free education
डबली खबर
११ महिना अगाडी

१६ असार, नुवाकोट । विदुर नगरपालिकालाई सोमबार एक समारोहका बीच अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको स्थानीय तह घोषणा गरिएको छ ।

नगरप्रमुख राजन श्रेष्ठले उपप्रमुख प्रभा बोगटी, वडाअध्यक्षहरु, प्रमुख प्रशाशकिय अधिकृत सुभाकर पौडेल, कर्मचारी, विद्यालयका प्रतिनिधि, अभिभावकलगायतको उपस्थितिमा अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको स्थानीय तह घोषणा गरेका हुन् ।

कार्यक्रममा नगरपालिकाको सबै गाउँ, टोल, बस्ती क्षेत्रभित्र गरिएको सर्वेक्षणअनुसार ४ बर्षदेखि १३ बर्षसम्मका विद्यालय उमेर समुहका विद्यालयबाहिर रहेका ५६ जना बालबालिकाहरुलाई स्थानीय विद्यालयमा भर्ना गरि सकिएको र अब कोहि बालबालिकाहरु यस पालिकामा विद्यालय बाहिर नरहेकोले घोषणा गरिएको बताए ।

नगरपालिकाले सबै वडाहरुमा अनिवार्य तथा निःशुल्क शिक्षा लागु जनाउँदै नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत सुभाकर पौडेलले अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको स्थानीय तह घोषणा गर्न नगर प्रमुखलाई प्रस्ताव गरे अनुरुप उक्त घोषणा भएको गरिएको हो ।

कार्यक्रममा पुन:विद्यालय भर्ना भई अध्ययन गरेका र नयाँ भर्ना भएका ५६ जना विद्यार्थीहरुलाई नगरप्रमुख र उपप्रमुखले स्टेशनरी सामग्री र झोला वितरण गरेका थिए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ