३० वैशाख, नुवाकोट । सूचना प्रविधि क्षेत्रमा शिक्षालाई रोजगारीसँग जोड्ने महत्वपूर्ण उद्देश्यका साथ आदिम कलेज र टोक्मा टेक्नोलोजी बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
यो सहकार्यले विद्यार्थीहरूलाई उद्योगको मागअनुसार व्यावसायिक सीपले सुसज्जित गराउने लक्ष्य राखेको छ।
कार्यक्रममा आदिम कलेजका प्राचार्य शंकरप्रसाद शर्मा र टोक्मा टेक्नोलोजीका निर्देशक सागर आङदेम्बेले आ-आफ्नो संस्थाको तर्फबाट समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
यो समझदारीपत्र तीन वर्षका लागि मान्य हुनेछ र आपसी सहमतिमा नवीकरण गर्न सकिने व्यवस्था छ। दुवै संस्थाले नेपालमा सूचना प्रविधिको दक्ष जनशक्ति उत्पादन र दीर्घकालीन डिजिटल रूपान्तरणमा यो सहकार्यले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।






























































प्रतिक्रिया