sujim bazar advert

ग्रेडवृद्धि परीक्षा वैशाख २२ र २३ गते

डबली खबर     बैशाख १७, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

bidur municipality level examination supervision by mayor rajan shrestha
Big Education Consultancy Nuwakot
global ime bank flash loan

१७ वैशाख, नुवाकोट । शिक्षक आन्दोलनले स्थगित भएको विदुर नगरपालिकास्तरीय ग्रेडवृद्धि परीक्षा यहि वैशाख २२ गतेदेखि सुरु हुने भएको छ ।

आज विदुर नगरपालिकाले सूचना जारी गर्दै शैक्षिक सत्र २०८१ को आधारभूत तह उत्तीर्ण परीक्षा तथा नगरस्तरीय कक्षा ५ को वार्षिक परीक्षामा सहभागी भई बढीमा दुई विषयमा नन् ग्रेड (एनजि) भएका विद्यार्थीहरुको ग्रेड वृद्धि परीक्षा वैशाख २२ र २३ गते हुने जनाएको छ ।

ग्रेडवृद्धि परीक्षाको लागि कक्षा ८ को हकमा त्रिशूलीमा रहेको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय केन्द्र तोकिएको छ ।

यस्तै, कक्षा ५ को लागि सम्बन्धित परीक्षार्थी अध्ययनरत विद्यालय परीक्षा केन्द्र रहेको छ । कक्षा ५ को उत्तरपुस्तिका परीक्षण सम्बन्धित विद्यालयले नै गराउने सूचनामा उल्लेख छ ।

bidur tax consultancy services in nuwakot

maan bina ko dhaan Nepali Movie

ताजा अपडेट

प्रतिक्रिया

Top