१५ वैशाख, नुवाकोट । निजी तथा आवासीय विद्यालय अर्गनाइजेस (प्याब्सन) विदुरले आधरभुत तह कक्षा ८ र ५ को ग्रेडवृद्धि परीक्षा परीक्षा गर्नुपर्ने माग गरेको छ ।
शुक्रबार प्याब्सन विदुर कमिटीको बैठकले विदुर नगरपालिकाले अनिश्चतकालको लागि स्थगित गरिएको ग्रेडवृद्धि परीक्षा तत्काल सञ्चालन गरी विद्यार्थीको अधिकार सुनिश्चित गर्न अपिल गरेको छ ।
सामुदायिक विद्यालयमा परीक्षा गर्न असहज भए नगरपालिकाले निजीगत विद्यालयहरुको हकमा परीक्षा सञ्चालन गरी विद्यार्थीहरुको पढ्न पाउनुपर्ने अधिकार सुनिश्चित गर्नुपर्ने प्याब्सन विदुर कमिटीका अध्यक्ष रामराजा कुमालले बताए ।
विदुर नगरपालिकास्तरीय आधारभूत तहको नतिजा गत चैत २९ गते नतिजा सार्वजनिक गरेको थियो । तर ग्रेडवृद्धि परीक्षा सञ्चालन हुन सकेको थिएन ।
कक्षा ५ र ८ को ग्रेडवृद्धि परीक्षा वैशाख ७ र ८ गते तोकिए तापनि शिक्षक आन्दोलनको कारण परीक्षा सञ्चालन गर्न नसकेको विदुर नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका निजीगत विद्यालयका कक्षा ५ का ४४ जना र कक्षा ८ का ३३ जना विद्यार्थीहरु ग्रेडवृद्धि क्रममा छ ।
शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षक अहिले काठमाडौँमा भेला भएर आन्दोलन गरिरहेका छन्। शिक्षक महासंघको आह्वानमा चैत २० चैतदेखि माइतीघर-बानेश्वर सडकमा प्रदर्शन गरिरहेका छन् ।
प्रतिक्रिया