११ चैत, नुवाकोट । नुवाकोटका विभिन्न विद्यालयका १५७ शिक्षकहरुले स्थायी नियुक्ति बुझेका छन् ।
शिक्षक सेवा आयोगले सञ्चालन गरेको प्राथमिक तहको शिक्षक छनोट प्रक्रियाबाट सफल भएका शिक्षकहरुले नियुक्तिपत्र बुझेको शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटका रामचन्द्र इटनीले जानकारी दिए । शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटले प्राथमिक तहका स्थायी शिक्षकको रुपमा जिल्लामा सिफारिस भएका शिक्षकलाई सोमबार बट्टारमा नियुक्तिपत्र प्रदान गरिएको उनले बताए ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षक व्यवस्थापन समन्वय शाखा, भक्तपुरको सिफारिसअनुसार नुवाकोटका शिक्षकहरुलाई नियुक्तिपत्र दिइएको छ ।
जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीले स्थायी शिक्षकमा नियुक्त भएकाहरुलाई नियुक्तिपत्र वितरण गरेका छन् ।
आवश्यकताको आधारमा पालिकालाई दरबन्दीका शिक्षक पठाएपछि पालिकाले पदस्थापन गरेर विद्यालयमा पठाउने व्यवस्था गर्ने जनाएको छ ।
प्रतिक्रिया