+
Search

ताजा अपडेट +

पपुलर +

धार्मिक पर्यटन प्रबर्द्धन गर्न त्रिशूलीमा र्‍याफ्टिङ सञ्चालन

rafting in trisuli river devighat to kashitar
डबली खबर
१ साल अगाडी

१३ फागुन, नुवाकोट। त्रिशूली नदीमा र्‍याफ्टिङ सयर गर्न सकिने भएको छ । श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं महाशिवरात्री मेलाको अवसरमा गौरेश्वर महादेव क्षेत्र विकास समितिले र्‍याफ्टिङको व्यवस्था गरेको हो ।

विदुर नगरपालिका-३ स्थित देवीघाटस्थित गौरेश्वर धाममा गत फागुन ११ गतेदेखि महायज्ञ एवं महाशिवरात्री मेला सुरु भएको हो ।

आज मङ्गलबार विदुर नगरपालिका-३ गौरेश्वर धामदेखि बेलकोटगढी नगरपालिकाको सिसौघारीसम्म र्‍याफ्टिङको सफल परीक्षण गरिएको छ ।

जिल्लाको आन्तरिक पर्यटन प्रबर्द्धन गर्नको निमित्त त्रिशूली नदीमा र्‍याफ्टिङको सुविधाको व्यवस्था गरिएको समितिका सचिव कवीन्द्र रिमालले बताए । फागुन १४ गतेदेखि १९ गतेसम्म र्‍याफ्टिङको मनोरञ्जन लिन सकिने उनले उनले बताए ।

र्‍याफ्टिङको लागि एक समुहलाई चार हजार ५०० रुपैँया शुल्क तोकिएको छ ।

मान्यता प्राप्त कुशल अनुभवीसहित व्यवस्था गरिएको र्‍याफ्टिङमा एकपटकमा आठ जनाले करीब ३० मिनेटमा करीब दुई किलोमिटर ३०० मिटर सयर गर्न सक्नेछन् ।

मेलामा आउने भक्तजनहरुले धार्मिक तथा पर्यटन प्रबर्द्धन गर्न टेवा पुर्‍याउन आयोजक संस्थाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ