२९ माघ, नुवाकोट । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) नुवाकोटले आगलागीपिडित सिताराम बखतीलाई सोमबार आर्थिक सहयोग गरेको छ ।
शिवपुरी गाउँपालिका वडा नम्बर-६ स्थित बखती टोलका बखतीको परिवारलाई नेकपाले सहयोग संकलन गरी सहयोग गरेको नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले जानकारी दिए ।
सोमबार अध्यक्ष मैनालीको नेतृत्वले बखती बसेको स्थानमा पुगेर नगद ५४ हजार ५०५ रुपैँयाको चेक हस्तान्तरण गरेको हो ।
गत माघ २१ गते भएको विद्युत चुहावटबाट आगलागी भएर बखतीको घर जलेर पूर्ण नष्ट भएको थियो ।
प्रतिक्रिया