sujim advert

विद्युत चुहावट हुँदा आगलागी

डबली खबर     माघ २१, २०८१

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

fire flame
bidur tax consultancy services in nuwakot

२१ माघ, नुवाकोट । शिवपुरी गाउँपालिका वडा नम्बर–६ स्थित बखती टोलमा सोमबार बिहान भएको आगलागीमा करिब रु पच्चीस लाख मूल्य बराबरको क्षति भएको छ ।

स्थानीयवासी सीताराम बखतीको घरमा विद्युत चुहावट भइ  सल्केको आगो फैलिएर घर पूर्णरुपमा नष्ट भएको स्थानीयवासी लक्ष्मण लामाले बताए ।

आगलागीबाट घरमा भएका खाद्यान्न, लत्ताकपडा, फर्निचर, टेलिभिजन, कृषि औजारका सामग्री लगायत सम्पूर्ण सामान जलेर नष्ट भएको वडा नम्बर ६ का सदस्य कमल लामाले जानकारी दिए ।

स्थानीयवासी र प्रहरीको सहयोगमा झण्डै चार घण्टामा आगो नियन्त्रणमा लिइएको थियोे ।

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top