+
Search

ताजा अपडेट +

पपुलर +

१५० विद्यार्थीलाई न्यानो ज्याकेट र शैक्षिक सामग्री वितरण

डबली खबर
१ मिनेट अगाडी

कात्तिक २९, नुवाकोट। वर्मिङ हार्ट्स नेपालले विदुर नगरपालिका–१३ स्थित अजिङ्गरे माध्यमिक विद्यालयमा अध्ययनरत १५० जना विद्यार्थीलाई न्यानो ज्याकेट तथा शैक्षिक सामग्री वितरण गरेको छ।

बालकक्षादेखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गरी चिसो मौसमबाट जोगाउन न्यानो ज्याकेट र पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यले आवश्यक लेखन तथा शैक्षिक सामग्री उपलब्ध गराइएको हो।

उक्त सामग्री वर्मिङ हार्ट्स नेपालले समाजसेवी रिना गौचनमार्फत सहयोग गरेको संस्थाका अध्यक्ष अनामिका अर्यालले जानकारी दिईन् ।

विद्यालयका प्रधानाध्यापक सुदर्शन रिमालका अनुसार यस सहयोगले विद्यार्थीहरूको अध्ययनमा सहजता ल्याउनुका साथै उनीहरूमा सिकाइप्रति थप उत्साह जगाउने विश्वास गरिएको छ।

विद्यालयको शैक्षिक तथा विद्यार्थीमैत्री वातावरण निर्माणमा यस्ता सहयोगले महत्त्वपूर्ण योगदान पुर्‍याउने उनले बताए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ