+
Search

ताजा अपडेट +

पपुलर +

‘हामीलाई पनि समावेश गर’ प्रतिवेदन सार्वजनिक

Include us in the project evaluation report in plain language
डबली खबर
१ साल अगाडी

२२ माघ, नुवाकोट । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले “हामीलाई पनि समावेश गर” परियोजनाको प्रतिवेदन सार्वजनिक गरेको छ ।

महासङ्घले सीबीएम ग्लोबलसँगको सहकार्यमा सन् २०१९ देखि २०२४ सम्म परियोजना सञ्चालन गरेको थियो ।

परियोजनाका विभिन्न क्रियाकलापहरु मध्येको एक महत्वपूर्ण क्रियाकलाप बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको क्षमता अभिवृद्धि गरी विभिन्न सामाग्रीहरु सरल भाषामा रुपान्तरण गर्नसक्ने बनाउने कार्य अन्तर्गत प्रतिवेदन तयार गरिएको महासङ्घले जनाएको छ ।

सोही समयमा तयार भएको सरल भाषा सम्पादन समूहले “हामीलाई पनि समावेश गर” परियोजनाले ५ वर्षमा गरेको गतिविधिको सारांश सरल भाषामा अङ्ग्रेजी र नेपाली दुवैमा तयार गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ