२१ माघ, विदुर । नेपाल कम्युनिष्ट पार्टी एमाले विदुर नगर कमिटीले दोस्रो अधिवेशनको प्रतिक चिन्ह आज सार्वजनिक गरेको छ ।
सोमबार विदुरमा आयोजित पत्रकार सम्मेलनमा नेकपा एमालेकी केन्द्रीय सदस्य विन्दा ढुंगानाले प्रतिक चिन्ह सार्वजनिक गरेकी हुन् ।
कार्यक्रममा केन्द्रीय सदस्य ढुंगानाले सर्वसम्मत अधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिए ।
समग्र विदुर नगरपालिका झल्कने प्रतिकमा नुवाकोट दरबार, घण्टाघर, उत्तरगयाधाम, गंगटेपार्क, दुधेला, पृथ्वीनारायण शाहको शालिकलगायत नेपालको झण्डा अङ्कित रहेको नगर कमिटीका अध्यक्ष अनुजकुमार श्रेष्ठले जानकारी दिए ।
नगर अधिवेशन यहि माघ २९ र ३० गते बट्टारमा हुने नगर कमिटीले जनाएको छ ।
प्रतिक्रिया