६ माघ, नुवाकोट । किवानिज क्लब अफ हेटौंडा नेपालले बालअधिकार तथा अर्गानिक पाैष्टिक आहार सम्बन्धि दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बेलकाेटगढि नगरपालिका-१२ मदानपुरमा कार्यक्रमकाे उद्घाटन गर्दै संस्थाले बालबालिकाकाे क्षेत्रमा पुर्याउँदै आएकाे सहयाेगकाे प्रशंसा गरेका छन् ।
बालबालिकाकाे क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्थाका अध्यक्ष गंगाप्रसाद पाैडेल, किवानिज ईन्टरनेशनल नेपालका डिष्ट्रिक गभर्नर केपी ज्ञवाली, बेलकाेटगढि नगरपालिका वडा नं १२ का वडा अध्यक्ष डिल्लीराज सिलवाललगायतको उपस्थितिमा संस्थाका संस्थापक अध्यक्ष ज्याेतिरत्न बज्राचार्यले १८ वर्षमुनिका बालबालिकाकाे शिक्षा, स्वास्थ्य, खेलकुद, नेतृत्व विकास र वातावरणकाे क्षेत्रमा काम गर्ने बताए ।
कार्यक्रममा संस्थाका डिस्ट्रिक्ट गभर्नर ज्ञवालीले नुवाकोट जिल्लालाई नै छनाैट गर्नु र विषयवस्तु पनि बालबालिकाकाे लागि अर्गानिक पाैष्टिक आहार छनाैट गर्नु उदाहरणीय रहेको बताए ।
अभिमुखीकरण कार्यक्रममा प्रकाश अधिकारी र काेपिला डंगोलले सहजिकरण गर्नेछन् ।

प्रतिक्रिया