२ माघ, विदुर । माघे सङ्क्रान्तिको अवसरमा मंगलबार नुवाकोटको तारुका, बेत्रावती र पिपलडाँडामा गोरु जुधाई प्रदर्शनी आयोजना गरिएको थियो ।
माघेसक्रान्ति गोरु जुधाई महोत्सव समितिले तारकेश्वर गाउँपालिका तारुकाको चन्दनीमा १३ हल, गोसाँईकुण्ड युवा क्लबले बेत्रावतीमा ११ हल र पञ्चकन्या गाउँपालिकाको पिपलडाँडामा नवप्रतिभा युवा समाजले ५ हल गोरु जुधाईएको थियो ।
चन्दनीमा भएको गोरु जुधाई प्रदर्शनीमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले अवलोकन गरेका थिए ।
गोरु जुधाई प्रदर्शनीमा विजेता र उपविजेता भएका गोरुका धनीलाई प्रोत्साहन स्वरुप नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
यसैगरी, बेलकोटगढी नगरपालिका–५ दुईपिपल र लिखु गाउँपालिका–३ सूर्यमतीमा गोरु जुधाई प्रदर्शनी गरिएको थियो ।
प्रतिक्रिया